वेश्यावृत्ति गराएको आरोपमा युवती पक्राउ
मकवानपुर, (212), जागिर लगाइदिने भन्दै झुक्याएर एक युवतीलाई काठमाडौंमा वेश्यावृत्ति गराएको आरोपमा प्रहरीले मकवानपुर मनहरीकी एक युवतीलाई पक्राउ गरेको छ।
मकवानपुर मनहरी-७ की २६ वर्षीया अप्सरा कार्कीलाई आफ्नै गाउँकी एक युवतीलाई जागिर खुवाउन लैजान्छु भन्दै काठमाडौंमा वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो। कात्तिक ३ गते ती युवतीलाई जागिर लगाइदिन्छु भन्दै कार्कीले काठमाडौंमा लगेको आरोप लागेको छ।
पीडित युवतीकी आमाको पहलमा माइती नेपाल काठमाडौंले युवतीलाई उद्धार गरेर मंसिर ३ गते घर पठाएको थियो। माइती नेपाल र पीडित युवतीकी आमाको उजुरीको आधारमा प्रहरीले कार्कीलाई पक्राउ गरेको हो। आरोपित कार्कीलाई मानव बेचबिखन तथा ओसारपसार ऐनअन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ।